Comments Add Comment

नयाँ कप्तान स्मिथले राजस्थानलाई जिताए

काठमाडौं । स्टिभ स्मिथले कप्तानी पारी खेल्दै राजस्थान रोयल्सलाई आईजीएलमा मुम्बई इण्डियन्सविरुद्ध ५ विकेटको जित दिलाएका छन् ।

जयपुरमा मुम्बईले दिएको १६२ रनको लक्ष्य राजस्थानले अन्तिम ५ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । कप्तान स्मिथ ५९ रनमा अविजित रहे ।

राजस्थानले शनिबार मात्र अजिन्क्या रहानेको सट्टा स्मिथलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको थियो । स्मिथले आफूमाथि गरेको भरोसालाई सही सावित गरे ।

स्मिथले रियान प्ररागसँग ७० रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । प्रराग ४३ रनमा आउट भए । सञ्जु सामसनले ३५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाएको थियो । ११ रन जोड्दा पहिलो विकेट गुमाएको मुम्बइृका लागि क्विन्टन डिकक र सूर्यकुमार यादवले ९७ रनको महत्वपूर्ण साझेदारी गरे ।

१४ औं ओभरको अन्तिम बल फाल्नुअघि बिन्नीको बलमा आउट भएका यादव ३५ रन बनाए । त्यसपछि मुम्बईको गतिमा ब्रेक लाग्यो । डिककले ६५ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment