Comments Add Comment

युटुबमा नआएको ‘छक्का पन्जा २’लाई दर्शकले फेरि माया गर्लान् ?

२ बर्ष अगाडिको ब्ल्कबस्टर चलचित्र ‘छक्का पन्जा २’लाई फेरि हलमा रिलिज गरिदैछ । यसपटक यो चलचित्रको व्यापारबाट निर्मातालाई आउने शेयर संचारकर्मी रवि लामिछानेले बनाइरहेको कालिकोटको एक अस्पताललाई हस्तान्तरण गर्ने निर्माता दिपकराज गिरीले बताउँदै आएका छन् ।

तर, ‘छक्का पन्जा २’ को रि–रिलिजको सन्देश अर्को पनि छ । दर्शकले यो चलचित्र युटुबमा नआएको भन्दै निर्माता दिपकराज गिरीप्रति आक्रोश पोख्न थालेको पनि बर्ष दिन भन्दा बढी भैसकेको छ । अब, त दर्शकका लागि ‘छक्का पन्जा ३’ युटुबमा प्रतिक्षित भैसकेको छ । तर, चलचित्र ‘छक्का पन्जा २’ युटुबमा आएको छैन । यो चलचित्रपछि रिलिज भएका थुप्रै चलचित्र युटुबमा आइसकेका छन् । निर्माता हलमा दर्शक नभएपनि युटुबमा आएको भ्यूज हेरेर मख्ख छन् ।

तर, युटुबमा नहालेर निर्माता दिपकराज गिरी र उनको टिमले चलचित्रलाई हलमै रिलिज गर्ने तयारी गरेको छ । वैशाख १३ गते यो चलचित्र रि–रिलिज भएपछि हुने दर्शकको चापले चलचित्र युटुबमा हालेर निर्माताले सही गरे या गरेनन् भन्ने केही हदसम्म निर्णय हुनेछ ।

किनकी, युटुबमा नआएकाले यो चलचित्र अझै पनि धेरै दर्शकले हेर्न पाएका छैनन् । सायद, ती दर्शक हलसम्म पुग्छन् भन्ने आशा यसको टिमलाई छ । अहिले नेपाली चलचित्र युटुबमा आउँदा दर्शकले हल भन्दा युटुबमै चलचित्र पर्खिएर बसेको देखिन्छ । युटुबमा नआएको चलचित्र ‘छक्का पन्जा २’लाई दर्शकले रुचाए भने धेरै निर्माताका लागि यो एउटा पाठ पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment