Comments Add Comment

श्रीलंकामा श्रृंखलावद्ध विष्फोट : मृतकको संख्या ५० पुग्यो

८ वैशाख, काठमाडौं । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृतकको संख्या ५० पुगेको छ । २ सय बढी घाइते भएका छन् ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएका थिए । कम्तिमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् ।

राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको हो । कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ । सामाजिक सन्जालमा राखिएका तस्वीरहरुमा चर्चका बेन्चहरु रगताम्य देखिन्छन् । प्रत्यक्षदर्शीका अनुसार प्रार्थना चलिरहेको बेला विष्फोट भएको थियो ।

धेरै मानवीय क्षति चर्चमा भएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment