Comments Add Comment

बजेट निर्माणमा जुट्यो काठमाडौं महानगर, विकास योजना पेश गर्न आह्वान

८ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी थालेको छ । यसैक्रममा महानगरपालिकाले महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने गरी महानगरवासीसँग विकास योजना माग गरेको छ ।

महानगरपालिकाले एक सूचना जारी गरी बैशाख १२ गतेसम्म विकास योजना पेश गर्ने समय दिइएको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि तयार गरिने वार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग विकास योजना माग गरिएएको महानगरपालिकाले जनाएको छ ।

यसका लागि विकास माग गर्ने व्यक्तिले बिकासबाट लाभ प्राप्त गर्ने बर्ग तथा समुदायसँग छलफल गर्नुपर्नेछ । माग गरिएको योजनाबाट धेरैलाई लाभ पुर्‍याउन आपसी अन्तरक्रिया, छलफल र विचार विमर्श गरेर बैशाख १२ गतेसम्ममा वडा समितिको योजना बुझाउन र टोलस्तरीय योजना माग गर्न महानगरपालिकाले आह्वान गरेको छ ।

स्थानीयबासीबाट आएका योजना वडा समितिमा पेश हुनेछन् । पेश भएका योजनाको प्राथमिकीकरण गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । टोलबासीबाट प्राप्त भएका योजनामा वडाले देखेका योजना थप हुनेछन् ।

यसरी संकलन भएका योजनालाई वडा समितिले आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण, बिपद् व्यवस्थापन, शुशासन र संस्थागत बिकास जस्ता क्षेत्रमा बर्गीकरण गर्नेछ । त्यसपछि योजनाको क्रमागत सूची महानगरमा पठाइनेछ । समितिलाई योजना पठाउन बैशाख १५ गतेको समय दिइएको छ ।

महानगरले आर्थिक बर्ष २०७६/०७७ का लागि योजना तथा कार्यक्रम छनौट बर्गीकरण र प्राथमिकीकरणका सम्बन्धमा जारी गरेको सूचनामा यी विषयहरु उल्लेख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment