Comments Add Comment

३१ परियोजनामा २५ खर्ब लगानी प्रस्ताव

निजगढ विमानस्थलमा ६ प्रस्ताव, अधिकांशमा एउटामात्रै

८ वैशाख, काठमाडौं । लगानी सम्मेलनमा प्रस्तुत गरिएका ७७ योजनामध्ये वैशाख ७ गतेसम्म २६ परियोजनाका लागि मात्र आवेदन परेको छ । लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि पनि लगानी प्रस्ताव आएको लगानी बोर्डले जानकारी दिएको छ ।

यी सबै ३१ परियोजनामा २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव भएको छ । अधिकांश परियोजनामा एउटामात्र प्रस्ताव परेको छ भने यातायात पूर्वाधारका योजनामा लगानीकर्ताको धेरै चासो देखिएको छ ।

चैत १५ र १६ गते काठमाडौंमा गरिएको लगानी सम्मेलनमा सरकारले ५० र निजी क्षेत्रले २७ गरी कुल ७७ परियोजना प्रस्तुत गरेका थिए । तीमध्ये २६ वटामा लगानी प्रस्ताव आएको हो ।

बोर्डका अनुसार निजगढ विमानस्थलमा ६, बाहिरी चक्रपथमा ४ वटा, बस र्‍यापिड ट्रान्जिट (काठमाडौं) मा ४ वटा, धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ वटा, सामाखुशी-टोखा-छहरे सडकमा २ वटा, काठमाडौं मेट्रो रेल, पूर्वपश्चिम विद्युतीय रेल, काठमाडौं पोखरा, लुम्बिनी रेलमार्ग र काठमाडौं स्काई ट्रेनमा एक/एकवटा प्रस्ताव परेको छ ।

धेरै अपेक्षा गरिएको जलविद्युत आयोजनामा निकै कम प्रस्ताव परेका छन् । तमोर जलविद्युत आयोजनामा २, पश्चिम सेती, सुनकोशी दोस्रो, तेस्रो, तल्लो अरुण र ५५० मेगावाटको नेपाल सोलार आयोजनामा एक/एक वटा प्रस्ताव परेको छ । त्यस्तै भक्तपुरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि दुईवटा प्रस्ताव परेका छन् ।

हालसम्म कृषि पूर्वाधारका ५ परियोजनामा ७ , स्वास्थ्य तथा शिक्षा पूर्वाधारका ३ परियोजनामा २, उर्जाका ७ परियोजनामा ८, उद्योग पूर्वाधारका एउटा परियोजनामा एउटा, पर्यटन पूर्वाधारका ३ परियोजनामा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ तथा सहरी पूर्वाधारका ४ परियोजनामा ५ आवेदन परेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment