Comments Add Comment

हिरासतमा किशोरको मृत्युबारे छानबिन गर्न सांसदको माग

८ वैशाख, विराटनगर । प्रदेश सांसदहरुले झापाको बिर्तामोडस्थित प्रहरीको हिरासतमा १६ वर्षका किशोरको मृत्यु भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।

प्रदेश सांसद जसमाया गजमेरले इलाका प्रहरी कार्यालय अनारमुनीको हिरासतमा रहेका किरण कार्की डोलीको प्रहरीको यातनाबाट मृत्यु भएको आफन्तले दाबी गरिरहेकाले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताइन् ।

आइतबारको प्रदेशसभा बैठकमा उनले हिरासतमा राखेकै अवस्थामा मृत्यु हुनु शंकास्पद भएको भन्दै छानबिन समिति बनाउन माग गरिन् । चोरी आरोपमा अनुसन्धान गर्न पक्राउ परेका उनको केही दिनअघि हिरासतमै मृत्यु भएको थियो ।

सांसद गजमेरले इलाम र झापाका चिया मजदुरको ज्याला समस्या सावधानका लागि पनि पहल गर्न सरकारसंग माग राखिन् ।

प्रदेशसभाको आइतबारको बैठकमा विपद व्यवस्थापन ऐन २०७५ संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले एक बर्षअघि हतार हतारमा ल्याइएकाले यसलाई संशोधन गर्न लागिएको बताए । विधेयकको दफा २ को (च) र ५ मा रहेको प्रदेश विपद समितिको ठाउँमा संशोधन गरी परिषद राख्न लागिएको उनले जानकारी दिए ।

त्यसैगरी यसअघि ऐनमा विपद व्यवस्थापनको भूमिकामा प्रदेश प्रहरीलाई मात्र समावेश गरिएकोमा अव सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि समावेश गर्न लागिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment