+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

हिरासतमा किशोरको मृत्युबारे छानबिन गर्न सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ८ गते १८:३२

८ वैशाख, विराटनगर । प्रदेश सांसदहरुले झापाको बिर्तामोडस्थित प्रहरीको हिरासतमा १६ वर्षका किशोरको मृत्यु भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।

प्रदेश सांसद जसमाया गजमेरले इलाका प्रहरी कार्यालय अनारमुनीको हिरासतमा रहेका किरण कार्की डोलीको प्रहरीको यातनाबाट मृत्यु भएको आफन्तले दाबी गरिरहेकाले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताइन् ।

आइतबारको प्रदेशसभा बैठकमा उनले हिरासतमा राखेकै अवस्थामा मृत्यु हुनु शंकास्पद भएको भन्दै छानबिन समिति बनाउन माग गरिन् । चोरी आरोपमा अनुसन्धान गर्न पक्राउ परेका उनको केही दिनअघि हिरासतमै मृत्यु भएको थियो ।

सांसद गजमेरले इलाम र झापाका चिया मजदुरको ज्याला समस्या सावधानका लागि पनि पहल गर्न सरकारसंग माग राखिन् ।

प्रदेशसभाको आइतबारको बैठकमा विपद व्यवस्थापन ऐन २०७५ संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले एक बर्षअघि हतार हतारमा ल्याइएकाले यसलाई संशोधन गर्न लागिएको बताए । विधेयकको दफा २ को (च) र ५ मा रहेको प्रदेश विपद समितिको ठाउँमा संशोधन गरी परिषद राख्न लागिएको उनले जानकारी दिए ।

त्यसैगरी यसअघि ऐनमा विपद व्यवस्थापनको भूमिकामा प्रदेश प्रहरीलाई मात्र समावेश गरिएकोमा अव सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि समावेश गर्न लागिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?