+
+
Shares

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता नदिन प्रदेश सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ८ गते १९:०९

८ वैशाख, बुटवल । प्रदेश ५ को प्रदेशसभाको बैठकमा जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन नहुने माग उठेको छ ।

आइतबार बसेको प्रदेशसभा वैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद तारा जीसीले जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय कसको दबाबमा परेर गरिएको हो भन्ने प्रश्न गरिन् ।

उनले यो निर्णयको विपक्षमा नागरिक समाज र पत्रकारले आवाज नउठाएको भन्दै आक्रोशसमेत पोखिन् ।

०६२र६३ को आन्दोलनपछि पारित नागरिकता विधेयकले राष्ट्रघात गरेको दावी गर्दै उनले वर्तमान सरकारले झन् ठूलो राष्ट्रघात गरेको आरोप लगाइन् ।
उक्त निर्णय नसच्याए मुलुक फिजीकरण हुने उनको तर्क छ ।

वैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद रामजी घिमिरेले विकास निर्माणमा ढिलाइ भएको भन्दै सरकारको आलोचना गरे ।

प्रदेश सरकारले सञ्चालन गरेका विकास योजनाहरुको काम सुस्त गतिमा हुादा प्रदेश सांसदहरु आˆनो निर्वाचन क्षेत्रमा जान नसक्ने अवस्था आएको उनले औंल्याए ।

बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले बुटवल अमरपथस्थित सिंह कम्प्लेक्सका सञ्चालकले अत्यधिक मात्रामा भाडा वृद्धि र पसलमा विद्युत समेत अबरुद्ध गरिदिएका कारण व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिनु परेको भन्दै समस्या समाधानका लागि पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

शून्य समयमै बोल्दै अर्का प्रदेशसभा सदस्य तिलकराम शर्माले बर्दियाको कृष्णसार क्षेत्रको बस्तीलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए ।

दुई विधेयक पारित

प्रदेशसभाको बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पेश गरेका जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले पेश गरेका प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक पारित गरेको छ ।

प्रदेशसभा बैठकमा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको समितिको प्रतिवेदनसहितको विधेयक पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?