
८ वैशाख, महोत्तरी । जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ ।
मधुमेह, थाइराइडलगायतका समस्याका कारण एक हप्ताअघि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत चौधरीको आइतबार निधन भएको हो ।
उनको प्रार्थिव शरीरलाई महोत्तरीस्थित पिपरा गाउँपालिकामै ल्याउने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुनाथ ठाकुरले जानकारी दिए ।
चौधरीले राष्ट्रिय जनता पार्टी नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
लामो समयदेखि बिरामी चौधरी भारतको मेदान्त अस्पतालमा उपचार गराएर करिब ३ महिनाअघिमात्र फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4