Comments Add Comment

धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाउँछौं : मन्त्री राई

९ वैशाख, काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने बताएका छन् ।

नेपाल ख्रिस्टीयन महासङ्घले पुनरुत्थान (इस्टर) पर्वका अवसरमा आयाेजना गरेकाे कार्यक्रममा बोल्दै उनले सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा राजनीति गर्न नपाउने प्रष्ट पारे ।

‘धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिस समान हुन्छन्, धर्मका नाममा राजनीति गरेर कसैले अस्थिरता निम्त्याउनुहुन्न’, मन्त्री राईले भने ।

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष नहुने भएकाले नेपाली कांग्रेसलाई रचनात्मक सहयोग गर्न उनले आग्रह गरे ।

कांग्रेस नेता रामहरि खतिवडाले दुई तिहाइका सरकारले दम्भ देखाउने र पूरा हुन नसक्ने सपना बाँडेर समय खर्च गरिरहेको आरोप लगाए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीले सरकारले काम गर्ने बाटो समाएकाले उपलब्धिको मूल्याङ्कन गर्न केही समय कुर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment