Comments Add Comment

प्रेम विवाह गर्दा जवरजस्ती करणी मुद्दा

८ वैशाख, विराटनगर । १४ वर्षकी किशोरीसँग प्रेम विवाह गरेको बताउने युवक जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

किशोरीसँग विवाह गरी भागेका सप्तरी राजविराज नगरपालिका– १४ गोर्खाली टोल घर भई विराटनगर– १४ बस्दै आएका ३० वर्षका दीपक राउत जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका हुन् ।

कानुनले २० वर्ष भन्दा कम उमेरमा हुने विवाहलाई बर्जित गरेको छ, त्यस्तै १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै यौन सम्पर्क गरेमा पनि कसूर मानिन्छ । किशोरी १४ वर्षको मात्र भएकाले पीडित परिवारको उजुरीका आधारमा राउतलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

गत फागुन ५ गते विराटनगर महानगरपालिका– १३ बस्दै आएकी १४ वर्षकी किशोरी हराएको भन्दै फागुन ६ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी परेको थियो ।

दुई महिना खोजी गरेको प्रहरीले किशोरी र युवकलाई काठमाडौंबाट पक्राउ  गरेको थियो ।

बजार जान्छु भनी हराएकी किशोरीलाई दीपकले प्रेम विवाह गरी काठमाडौं पूर्‍याएका थिए । महाननगरिय प्रहरी कार्यालय वृत्त गौशालाको समन्वयमा काठमाडौं महानगरपालिका– ९ स्थित तिलगंगा एरियामाबाट पक्राउ गरी वैशाख ५ गते विराटनगर ल्याएको थियो ।

प्रहरीले किशोरीलाई आफन्तको जिम्मा लगाएर युवकलाई जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment