Comments Add Comment

राप्रपा सरकारसँग वार्ता गर्न तयार, दीपक बोहराको संयोजकत्वमा वार्ता समिति

९ वैशाख, काठमाडौं । हिन्दू राष्ट्रसहित बिभिन्न २२ बुँदे मागहरु राखी सडक संघर्षमा उत्रिएको राप्रपा सरकारसँग वार्ता गर्न तयार भएको छ ।

कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएपछि राप्रपाले सरकारको पहलकदमी सकरात्मक भन्दै सोमबार वार्ता समिति गठन गरेको छ ।

पार्टीका बरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरंजन थापा रहेको छन् । वार्ता मंगलबार बस्ने छ ।

राप्रपाले गत फागुन ७ गते हिन्दू राष्ट्रको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर आन्दोलनमा उत्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment