 
																			गतबर्ष नायिका स्वस्तिमा खड्काले अभिनय गरेका चलचित्रले राम्रै चर्चा पाए । केही चलचित्र बक्स अफिसमा हिट भए भने केही चलचित्रमा उनको कामको तारिफ भयो । यसले स्वस्तिमाप्रतिको आशा दर्शकमा बढाएको पनि छ ।
तर, स्वस्तिमालाई भने यो आशा र भरोसाले थिच्ने पक्का छ । नायिका खड्का अहिले केही विज्ञापन, चलचित्र र भिडियोमा नै व्यस्त छिन् । 
 
स्वस्तिमालाई अझै पनि सोलो नायिकाको रुपमा हिट चलचित्र दिन नसकेको आरोप लाग्दै आएको छ । समिक्षकले राम्रो भनेतापनि उनी अभिनित चलचित्र ‘बुलबुल’ नचल्दा यो आरोप अझै बलियो बनेको छ । समुहका चलचित्रमा काम गरेरै स्वस्तिमाले आफूलाई चलचित्र क्षेत्रमा स्थापित गरेकी छिन् । यसैले, अब उनलाई सोलो नायिकाको रुपमा पनि चल्न जरुरी छ ।
यो बर्ष अहिलेसम्मको सेड्यूल हेर्दा उनी अभिनित चलचित्र ‘हजार जुनी सम्म’मात्र रिलिज हुनेछ । यो चलचित्रको गीत सार्वजनिक कार्यक्रममा कालो पहिरनमा पुगेकी स्वस्तिमा आकर्षक देखिएकी थिइन् । 
  
 
तस्वीरः शंकर गिरी
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4