Comments Add Comment

यामाहाको महाएक्सचेन्जः पुरानो बाइकको मूल्यांकनमा २५ हजार थप

९ वैशाख, काठमाडौं । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाले उत्साहजनक रुपमा ‘यामाहा महा एक्सचेन्ज मेला’ सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सोमबारबाट सुरु भएको मेला आउँदो १४ गतेसम्म चल्नेछ ।

मोटरसाइकलका पारखीहरुलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै हालसम्मकै ठूलो एक्सचेन्ज मेला सुरु गरेको हो ।

यस कार्यक्रमको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडा, इन्डिया यामाहा मोटर्सका भाइस पि्रसिडेन्ट सेल्स, मिस्टर ताकासि यामडा र यामाहा मोटर्स इन्डियाका चिफ मेनेजर हिमांशु शर्माले संयुक्त रुपमा गरे ।

मेलामा जुनसुकै ब्रान्डका मोटरसाइकल लगेर एक्सचेन्ज गरी नयाँ यामाहा बाइक चढेर जान पाइनेछ । आफ्नो पुरानो बाइकको राम्रो मूल्यांकन पनि ग्राहकले मेला स्थलमा नै पाउनेछन् ।

मूल्यांकन भएको पुरानो बाइकको मूल्यमा यामाहा कम्पनीले २५ हजार रुपैयाँ थप दिनेछ । यामाहाका ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा राम्रो मूल्यांकन गरिनबम्पनीले जनाएको छ ।

‘अहिलेको समय पुराना मोटरसाइकल वा स्कुटर साटेर प्राविधिक रुपमा अत्याधुनिक यामाहामा अपग्रेड हुने सबैभन्दा अवसर हो,’ एमएडब्लु इन्टरप्राइजेज, टु-हृविलर डिभिजनका मार्केटिङ प्रमुख विक्रम पौडेलले भने ।

मेला अवधिमा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो मोटरसाइकलको सबैभन्दा उच्चतम मूल्यांकन पाइने कम्पनीको दावी छ । अझ त्यसमाथि यामाहाले थप २५ हजार रुपैयाँ मूल्यांकन थपेर नयाँ बाइक दिने भएकाले ग्राहको आकर्षण पहिलो दिनमात्रै उच्च छ ।

यस्तो अफर नेपालमै पहिलोपटक ल्याइएको दावी पौडेलको छ ।

मेलामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एक लाखसम्म क्यास छुट दिने अफर पनि छ । यसले ग्राहकलाई अझ धेरै उत्साहित बनाउने कम्पनीको विश्वास  छ ।

मेलमा ‘अन द स्पट फाइनान्स फेसिलिटी’ पनि दिइएको छ । कुनै बाइक किन्दा फाइनान्स गर्न चाहानेलाई कम्पनीले मेला स्थलमै फाइनान्स सुविधा उपलब्ध गराउनेछ ।

यस्तै बाइक किन्दा निःशुल्क एक्सेसररिज पनि ग्राहकलाई दिइनेछ भने विभिन्न आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको छ । मेलामा बाइकको पि|m चेक अप क्याम्प पनि सञ्चालन गरिँदैछ ।

महाएक्सचेन्ज मेलामा सेलिबि्रटी वाक इन, फ्रि लाइसेन्स ट्रायल, टेस्ट राइड, राइड कम्पिटिसन, डोर प्राइज र फुडस्टल पनि छन् ।

मेलामा एक्सचेन्जका अलावा जुनसुकै ब्रान्डका मोटरसाइकलको फ्रि वाश र फ्रि चेकअप पनि हुनेछ । महाएक्सचेन्ज मेला यामाहाको हालसम्मकै ठूलो मेला हुने अपेक्षा एमएडब्लुले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment