Comments Add Comment

रमितको ‘राजा साहेब’मा राजेश र दीपाको ‘गोली शिशाको’

अहिले नेपाली चलचित्र क्षेत्रमा गीत रिमेक गर्ने चलन बढिरहेको छ । पुराना निकै चर्चित तथा लोकप्रिय गीतहरुलाई रिमेक गरी नयाँ चलचित्रमा समावेश गर्ने चलन अहिले निकै देखिएको छ । यस्तैमा, नायक राजेश हमाल र नायिका दीपाश्री निरौला, विपना थापाले नृत्य गरेको चलचित्र ‘गाउँले’मा समावेश ‘गोली शिशाको’ बोलको गीतको पनि रिमेक हुने भएको छ ।

नायक रमित ढुंगानाको मुख्य भूमिका रहने चलचित्र ‘राजा साहेब’मा यो गीत समावेश हुनेछ । टिका भण्डारीको संगीत रहेको उक्त गीतलाई ओम सुनारले रिमेक गर्दैछन् । पुरानो गीतमा उमेश पाण्डे र रमला श्रेष्ठले स्वर दिएका थिए भने रिमेक गीतमा ओम र इन्दिरा जोशीले स्वर दिनेछन् । ओमका अनुसार अबको केही दिनमा उक्त गीतको रेकर्डिङ हुनेछ ।

यो गीतको भिडियोमा ३०० बढी कोरसको प्रयोग गरिने बताइएको छ । भिडियोलाई रामजी लामिछानेले करियोग्राफी गर्नेछन् । चलचित्रको यो गीतमा नायक ढुंगानाको साथमा २ नायिकाले नृत्य गर्नेछन् ।
पुरानो गीतको भिडियोमा शान्ता नेपालीको नृत्य निर्देशन थियो ।

विचल राईको निर्देशनमा बन्न लागेको ‘राजा साहेब’मा सरु राईको लगानी रहनेछ । चलचित्रका लागि अहिले नायिकाको छनोट भइरहेको छ । नायिका पक्का भएसँगै चलचित्रको छायांकन सुरु गरिने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment