Comments Add Comment

राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पारिन्छ : मन्त्री बास्कोटा

१० वैशाख, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने चेतावनी दिएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा उनले इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए कानूनले ठीक पार्ने बताएका हुन् । प्रगति र सुशासनलाई अवरोध पुर्‍याउन धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको मन्त्र िबास्कोटाको आरोप छ ।

‘धर्मको संवेदनशील कुरामा टेकेर नेपालको प्रगतिको बाटोलाइ अवरुद्ध पार्ने काम भयो भने, इतिहासले किनारा लगाएका तत्वहरु फेरि सल्बलाए भने कानुनले ठीक पारिन्छ’ उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आन्दोलन गरिरहेका बेला मन्त्री बास्कोटाको यस्तो भनाइ आएको हो । उनले नेपालमा राजतन्त्र फर्किने सपना नदेख्न पनि आग्रह गरे । प्रतिक्रियावादीहरुले चियाको कपमा तुफान ल्याउन खोजेको भन्दै मन्त्री बास्कोटाले सरकार त्यसमा नअलमलिने पनि दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment