
१० वैशाख, काठमाडौं । नेपाली सेनाले बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई बर्खास्त गरेको छ ।
विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको आरोपमा उनीहरुलाई पदमुक्त गरेको हो ।
२०७६ सालको शैक्षिक सत्रमा १ कक्षामा भर्नाका निमित्त सञ्चालन भएको लिखित परीक्षामा परीक्षा प्रणालीको मर्म र भावना विपरीत पदीय मर्यादा र आचरणसमेतलाई ख्याल नगरी प्रवेश परीक्षा उतीर्ण गराउने उद्देश्यले प्रत्यक्ष सहयोग लगायतको काम गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाको विद्यालयको छवि धमिल्याउने काम गरेकाले उक्त घटनामा संलग्न प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई वैशाख ९ गतेदेखि पदमुक्त गरेको निर्देशनालयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4