Comments Add Comment

‘हाम्रो रुसलान’ प्रचार अभियान प्रभावकारी बन्दै 

१० बैशाख, काठमाडौं । ‘हाम्रो रुसलान’ शिर्षकमा रुसलानले शुरु गरेको प्रचार अभियानले देशकै सर्वाधिक रुचाइएको भोड्काका साथ जनतालाई आपसमा नजिक्याउने सफल भएको कम्पनीले बताएको छ ।

यसले ४० वर्षभन्दा अघिदेखि रुसलानले निर्वाह गर्दै आएको विरासतलाई उजागर गरेको कम्पनीको दाबी छ ।  कम्पनीका अनुसार ‘हाम्रो रुसलान’ एक टीभीसी हो जसले हर क्षणहरुको उत्सव मनाउँछ, जुन हाम्रो जीवनको लागि अर्थपूर्ण रहने गर्छ ।

यसले जीवनका अन्तरंग मूल्यमान्यताहरु कसरी समयसँगै परिवर्तन हुँदैनन् भन्ने दर्शाएको छ । यो टीभीसी विदेशीने र घर फर्कने विषयमा केन्द्रित छ ।

‘यो मित्रता, स्वभाव, स्थिरता र प्रशंसनीय क्षणहरुका बारेमा हो, जुन हाम्रा लागि सबैभन्दामहत्व राख्ने व्यक्तिसँग साटासाट गर्ने गर्दछौं’, कम्पनीले भनेको छ ।

‘हाम्रो रुसलान’ सबै डिजिटल बजारीकरण र छापा विज्ञापनहरुमा देख्न पाइने कम्पनी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment