Comments Add Comment

चोरको दोष लगाएपछि एप्पलविरुद्ध १ खर्बको मुद्दा

अमेरिकी कम्पनी एप्पलविरुद्ध एकजना युवकले मुद्दा हालेका छन् । गलत रुपमा पक्राउ गरेको भन्दै एप्पलविरुद्ध १ अर्ब डलर क्षतिपूर्तिको माग गर्दै उसमेन बाह नामका युवाले मुद्दा दायर गरेका हुन् ।

ब्लुम्बर्गका अनुसार एप्पलको फेसिएल रिकग्नीसन सफ्टवेयरको गल्तीका कारण आफुलाई एप्पल स्टोरहरुमा चोरी गर्ने व्यक्तिको रुपमा गलत रुपमा आक्षेप लगाएर गत नोभेम्बरमा पक्राउ गरिएको दाबी उनको छ ।

उनले म्यानहटनस्थित संघीय अदालतमा मुद्दा दायर गरेका छन् । एप्पलले गलत रुपमा आफ्नो पहिचानलाई चोरको अनुहारसँग जोडेको उनले आफ्नो उजुरीमा उल्लेख गरेका छन् ।

आफुलाई पक्राउ गर्ने वारेन्टमा आफूसँग नमिल्ने तस्वीर रहेको भन्दै उनले बोस्टनमा एप्पल स्टोरमा भएको एउटा चोरीमा आफुलाई चोरको आरोप लगाइएको भएपनि त्यस समयमा आफु म्यानहटनमा एउटा कार्यक्रममा रहेको बताएका छन् ।

एप्पलको लापरवाहीका कारण बाहमाथि विभिन्न प्रान्तहरुमा भएका चोरीहरुको अभियोग लागेको उनका वकिलले बताएका छन् । यसअघि उनी कुनै पनि आपराधिक कार्यमा संल्गन नभएको र कुनैपनि कानूनी कारवाही नभोगेको उनको भनाइ छ । अनाहकमा पक्राउ पर्दा र चोरको आरोप लाग्दा बाहलाई ठूलो चोट परेको र यसले उनलाई त्रास, पीडा तथा अपमानको महसूस गराएको बाहका वकिलले बताएका छन् ।

प्रहरीका अनुसार एप्पल स्टोरहरुमा चोरी गर्ने कार्यमा संलग्न चोरले बाहको एप्पल लर्नर पर्मिट आइडेन्टिफिकेसनको प्रयोग गरेको हुनसक्ने र सोही कारण भुलवस एप्पलको फेसियल रिकग्नीसन सिस्टममा बाहको नाम जोडिएको हुनसक्ने बताएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment