Comments Add Comment

जनक शिक्षा पोखराबाट ८ करोडका पुस्तक बिक्री

११ वैशाख, पोखरा । जनक शिक्षा सामग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा  ८ करोडको हाराहारीमा पुस्तक बिक्री वितरण गरेको छ ।

चालू आर्थिक वर्षको ९ महिनामा गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयबीच ७ करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबरको २० लाख ७२ हजार ७५० थान पुस्तक बिक्री गरिएको जनक शिक्षा सामग्री केन्द्र पोखराका लेखापाल शिवविलाश पौडेलले जानकारी दिए ।

मकवानपुर जिल्लामा जनक शिक्षा सामग्री केन्द्रको अन्य कार्यालयबाट पुस्तक आपूर्ति हुने गर्दछ । आधिकारिक रुपमा कक्षा-५ देखि कक्षा १० सम्मको पुस्तक बिक्री वितरण गर्नुपर्ने भए पनि यस कार्यालयबाट कक्षा १ देखि कक्षा १० सम्म र अङ्ग्रेजी माध्यममा सञ्चालित सरकारी विद्यालयका लागि आवश्यक पुस्तक पनि बिक्री वितरण भइरहेको छ ।

गण्डकी प्रदेशअन्तर्गत मनाङ र मुस्ताङमा फागुन १ गतेदेखि नयाँ सत्र सुरु हुने गर्दछ । ती दुई जिल्लामा गत माघ महिनामै पुस्तकहरु पठाइएको सो कार्यालयले जनाएको छ । ती दुई जिल्लाका साथै गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जा, गोरखा, लम्मजुङ, म्याग्दी, पर्वत र बाग्लुङ गरी १६१ वटा विद्यालयमा पुस्तक उपलब्ध गराइएको कम्प्युटर आपरेटर सरोजकुमार घिमिरेले जानकारी दिए ।

प्रत्येक वर्ष पुस्तक खरीद गर्ने विद्यालयलाई नवीकरण गर्नुपर्ने हुन्छ । नवीकरण नगरेकाले विद्यालयलाई पुस्तक उपलब्ध नगराउने गरिएको उनले थपे । यस कार्यालयमा पर्याप्त मात्रामा पुस्तक रहेको र विद्यालयले माग गरेको आधारमा पुस्तक उपलब्ध गराउँदै आइरहेको लेखापाल पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment