Comments Add Comment

प्रशासनका सुब्बा ६ हजार घुससहित पक्राउ

११ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा विनोद विसी र युवा स्वरोजगार कार्यक्रमका स्वयंसेवक भानुभक्त आचार्य ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

हराएको पासपोर्टको प्रतिलिपी निकाल्न सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुस रकम लिइसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको परिसरबाटै उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार आचार्यले नायज सुब्बा विनोद विसीले अह्राए बमोजिम घुस रकम लिएका थिए । दुबै जनालाई थुनामा राखेर अनुसन्धान गरिएको अख्तियारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment