Comments Add Comment

निर्देशकले शारीरिक परिवर्तन गर्न भनेपछि रोइन् सोनाली

नायिका सोनाली सहगलको एक अन्र्तवार्ताले अहिले मिडियामा राम्रो चर्चा पाएको छ । ‘प्यार का पंचनामा’ फेम्ड नायिकाले एक निर्देशकले गरेको व्यवहारको बारेमा मुख खोलेकी छिन् । उनले भनेकी छिन्–‘म केही समय पहिला एक चलचित्रको अडिसनका लागि गएको थिएँ । तर, मलाई कास्टिङ डिरेक्टरले मेरो शरीरमा केही अप्राकृतिक परिवर्तन गर्न आग्रह गरेँ । म यो कुराले निकै नै विचलित भएकी थिएँ ।’

उनले, आफू यो चलचित्रका लागि निकै नै उत्साहित रहेको र पुरा तयारी पनि गरेको सुनाइन् । उनले भनिन्–‘मलाई मेरो शरीरमा केही अप्राकृतिक परिवर्तनका लागि आग्रह गरियो । यो कुरा सुनेपछि म त्यहाँबाट हिडेँ । मैले यो चलचित्र नगर्ने निर्णय गरेँ । तर, एउटा राम्रो चलचित्र मेरो हातबाट गुमेको थियो ।’

उनले आफू घर पुगेर धेरै रोएको पनि सुनाएकी छिन् । उनले बलिउडमा अझै पनि नायिकालाई कस्तो देखिनुपर्छ भनेर अरुले निर्णय गर्ने गरेको सुनाइन् । उनले नायिकाको शरीर भन्दा पनि अभिनय हेर्नुपर्नेमा जोड दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment