+
+
Shares

श्रृजनाको ‘डबल माया’मा अनुप र आँचल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १२ गते १३:३८

‘नौटंकी माया’ले युटुबमा १ करोड भ्यूज पार गरेसँगै यसै टिमले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ । बुधबार युटुब मार्फत् ‘डबल माया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा श्रृजना खत्रीको स्वर रहेको छ भने र्याप मिस्टर आरजेले दिएका छन् ।

सृजना र आरजेको शब्द रहेको गीतमा आरजेकै संगीत छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनुपविक्रम शाही र आँचल शर्मा फिचरिङ छन् । भिडियोमा सृजना र मिस्टर आरजेलाई पनि फिचर गरिएको छ ।

राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?