+
+
Shares

हावाहुरी प्रभावितको घर बनाउन सरकारले सेनालाई दियो ८५ करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १२ गते १६:४२

१२ वैशाख, काठमाडौं । बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

यसअघि सरकारले बारा र पर्सामा हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सरकारले दिएको रकम र घरधुरी संख्या हिसाब गर्दा एउटा घरवापत सेनाले ५ लाख ८२ हजार ८ सय ४७ रुपैयाँ पाएको हो । बारा र पर्सामा गएको चैत १७ गतेको साँझ हावाहुरीले २८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?