+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कुनै दिन मसानघाटमासमेत भ्रष्टाचार भएको सुन्न पाइनेछ : कांग्रेस सांसद मल्ल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १३ गते ९:४३

१३ वैशाख, डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सभाका सांसद एवं नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । उनले कुनै दिन मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पाइने बताए ।

तेश्रो अधिवेशन अन्त्य हुनुपूर्व बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै उनले सरकारले औषधिदेखि पेन ड्राइभ, फोटोकपी पेपर र अक्सीजन प्लान्टमा करोडौंको भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । ‘यस्ता कुराहरु पटक-पटक संसदमा उठाउँदा समेत सरकारका मन्त्रीहरुले जवाफदेहीता देखाएनन् । अब कुनै दिन प्रदेश सरकारले मसानघाट र प्रसूति गृहमा समेत भ्रष्टाचार गरेको सुन्न पाइनेछ ।’

वैशाख १२ गते आइपुग्दासम्म विकास निर्माणका कुराहरुमा अख्तियारी नदिइएको गुनासोसमेत उनले गरे । ‘पटक-पटक संसदमा कुरा आउँदा समेत विकास निमार्णमा छुट्टयाएको रकममा अख्तियारी दिइएन,’ उनले थपे ।

उनले दैवीप्रकोप, विपद् तथा दुर्घटनामा राहतका कुरालाई सरकारले उपहास गरेको आरोप समेत लगाएका थिए । उनले सार्वभौम संसदलाई उपेक्षा गर्ने सरकारको शैलीलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने भन्दै सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण पनि गराए ।

‘हामीले पहिलो र दोस्रो अधिवेशन धेरै वेथितिका कुराहरु संसदमा उठाएका थियौं, तर सरकार पक्षका सांसदहरुले त्यसमा रक्षाकवचका रुपमा उत्रिएर बचाउ गरेर हामीलाई ओझेलमा पारेे,’ उनले भने, ‘यस्तै हो भने दुई तिहाइको दम्भ देखाइरहेको सरकारको हालत पाकिस्तानमा दुई तिहाइको सरकार बनाएका नवाज शरीफलाई जनताले ढलाएको जस्तो हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?