+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

एनआईसी एशिया बैंकको ३ नयाँ शाखा उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १३ गते १०:२६

१३ बैशाख, काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र दुई र पर्सा जिल्लाको जगरनाथपुरमा १ मा गरी ३ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ।

मध्यपुर ठिमी नगरपालिका–५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठबाट, चाँगुनारायण नगरपालिका–२ दुवाकोट, भक्तपुर स्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव हरि केसीबाट तथा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ पर्सा स्थित जगरनाथपुर शाखाको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँबाट बिहीबार उद्घाटन भयो।

मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?