
१३ वैशाख, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका- २ वाणिमा शुक्रबार करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हुँदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देबुवा भुल सामान्य घाइते भएको बताइएको छ । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4