+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

फोटो पत्रकारिता दिवसमा पोखरामा फोटो प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १३ गते १८:०६

१३ वैशाख, पोखरा । राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा शुक्रबार नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाले पोखरामा फोटो प्रदर्शनी गरेको छ । पोखराको लेकसाइडस्थित बारहीचोकमा गरेको फोटो प्रदर्शनीमा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यका ५० वटा फोटो थिए ।

फोटो प्रदर्शनीको नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आले, सञ्चार उद्यमी रामेश्वर थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, पोखराका पुराना फोटो पत्रकार विश्व शाक्य, नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया लगायतले संयुक्त रुपमा गरे ।

गण्डकी प्रदेशका बिभिन्न सञ्चार माध्यममा आबद्द फोटो पत्रकारले खिचेका पर्यटकीय स्थलहरु पोखरा, मुस्ताङ, मनाङ, लमजुङको तस्विर सङ्गै माछापुच्छ्रे, अन्नपूर्ण, तिलिचो ताल , पुन हिल , दुध पोखरीको तस्विरहरु प्रदर्शनीमा राखिएको छ ।

फोटो पत्रकार कृष्णमणि बराल, राम गुरुङ, अशेष शाक्य, प्रदीप पौडल, इन्द्र पौडेल, उमेश पुन, नारायण आचार्य, दुर्गा पौडेल, सञ्जय श्रेष्ठ, सुरज श्रेष्ठ, ओम लामा, सागरराज तिमिल्सिना, दीपक परियार लगायत १४ जनाले खिचेका तस्विरहरु प्रदर्शनीमा राखिएको छ ।

खुला सडक राखिएको तस्विरहरु विदेशी पर्यटकदेखि स्वदेशी पर्यटकले अवलोकन गरेका थिए । नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङले ८ हजारभन्दा बढीले फोटो अवलोकन गरेको बताए । गुरुङले यस्ता कार्यक्रमको आयोजना गर्नले फोटो पत्रकारितालाई व्यावसायिक हुन टेवा हुने बताएका थिए । अन्तरिक पर्यटन बर्ष मनाइरहदा बिभिन्न पर्यटकीय स्थलको तस्विर प्रदर्शनी गर्दा पर्यटन व्यवसायमा समेत मदत मिल्ने बताए ।

गोरखापत्रले वि सं १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्वीरलाई तेस्रो पृष्ठमा छापेको थियो । पहिलो पटक फोटो छापिएको दिनलाई नै नेपालमा राष्ट्रिय फोटो पत्रकारीता दिवस मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?