+

मेस्सीको गोलसँगै बार्सिलोनालाई ला लिगा उपाधि

२०७६ वैशाख  १५ गते ७:१५ २०७६ वैशाख १५ गते ७:१५
मेस्सीको गोलसँगै बार्सिलोनालाई ला लिगा उपाधि

१५ वैशाख, काठमाडौं । बार्सिलोनाले लेभान्टेलाई पराजित गरेसँगै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० गोलको संघर्षपूर्ण जित निकालेसँगै बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको हो । बार्सिलोनाले तीन खेल अगावै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । उनकै गोलमा बार्सिलोनाले जित हात मात्रै पारेन लिगको उपाधि नै जित्न सफल भयो ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा भने गोल गर्न सफल भयो । बार्सिलोनाका लागि खेलको ६२औं मिनेटमा कप्तान मेस्सीले गोल गरे । बाँकी खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि बार्सिलोनाले १-० गोलले खेल जितेको हो ।

जितसँगै बार्सिलोनाको ३५ खेलबाट ८३ अंक बन्यो । जुन अंक दोस्रो स्थानमा रहेको एट्लेटिको मडि्रडको भन्दा ९ अंकले बढि हो । एट्लेटिको मडि्रडको समान खेलबाट ७४ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय