Comments Add Comment

क्लब करिअरमा रोनाल्डोको ६०० गोल

१५ वैशाख, काठमाडौं । विश्वचर्चित खेलाडी तथा युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब करिअरमा ६०० गोल पूरा गरेका छन् ।

शनिबार राति इटालियन सिरि ‘ए’ अन्तर्गत इन्टर मिलानविरुद्ध गोल गरेसँगै पोर्चुगाली खेलाडी रोनाल्डोले आफ्नो क्लब करिअरमा ६०० गोल पूरा गरेका हुन् ।

यसअघि नै लिग च्याम्पियन बने पनि युभेन्टसले इन्टर मिलानसँग भने १–१ गोलको बराबरी खेलको छ । रोनाल्डोकै गोलको मद्दतमा युभेन्टसले हार टारेको छ । खेलको सातौं मिनेटमा इन्टर मिलानले अग्रता बनाएको थियो । तर, खेलको ६२औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्टसले खेल बराबरीमा सकेको हो ।

क्लब करिअरमा रोनाल्डो लियोनल मेस्सीभन्दा पनि बढी गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले आफ्नो क्लब करिअरमा ५९८ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment