+
+

बन्दुकधारीको निशानामा अमेरिकाको यहुदी आरधनास्थल, १ को मृत्यु, ३ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १५ गते ९:३५

१५ वैशाख, काठमाडौं । अमेरिकाको एक यहुदी आरधनास्थललाई बन्दुकधारीले निशाना बनाउँदा १ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।

सान डिएगोबाट उत्तरतर्फ रहेको पोवे शहरको यहुदी अरधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् ।

यहुदीहरुले अराधनास्थलमा पासओभर पर्व मनाइरहेका बेला बन्दुकधारीले गोली चलाएको बीबीसीले जनाएको छ । पासओभर यहुदीहरुको ठूलो पर्व हो ।

प्रहरीले १९ वर्षीय एक किशोरलाई पवेबाट पक्रेको छ ।

यहुदीमाथि किन आक्रमण भयो भन्नेबारे प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घृणाका कारण अपराध भएको हुनसक्ने बताएका छन् ।

सान डिएडो काउन्टीका शेरिफ बिल गोरले आरोपितको सामाजिक सञ्जाल गतिविधिको समीक्षा भइरहेको बताए ।

अमेरिकाका लागि बन्दुक हमलाका घटनाहरु टाउको दुखाइको विषय बन्दै गइरहेको छ । ६ महिनाअघि मात्रै पनि यहुदीहरुको अराधनास्थलमा यस्तै आक्रमण हुँदा ११ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?