Comments Add Comment

के आँचल र पलको ब्रेकअप भएको हो ?(भिडियो कुराकानी)

चलचित्र ‘नाई नभन्नु ल ४’मा एकसाथ काम गरेपछि नायक पल शाह र नायिका आँचल शर्माको प्रेम रहेको चर्चा सुरु भयो । यो चर्चाले यो जोडीलाई फाइदा पनि भयो । किनकी, दर्शकले यो जोडीलाई मन पराए । दर्शकले यो जोडीको नाम ‘आँप जोडी’ नै राखिदिएका छन् । तर, अहिले आँचल र पल टाढा भएको खबर सार्वजनिक भैरहेको छ । आँचल र पलले एक साथ चलचित्रमा काम नगर्नुले पनि यो कुरालाई अझै थप मसला मिलेको छ ।

तर, अनलाइनखबरसँग ‘लभ टक’मा रहेर कुराकानी गर्दै नायिका आँचल शर्माले आफूहरुले कहिले पनि प्रेम भएको पनि स्विकार नगरेको र ब्रेकअपको बिषयमा पनि केही नबोलेको बताएकी छिन् । आँचलले भनिन्–‘हाम्रो सम्बन्ध प्रेम र ब्रेकअप भनदा धेरै माथि छ । यो विश्वासिलो छ र शुद्ध पनि छ । कोही आएपनि हाम्रो जोडीमा कुनै आँच पुर्याउन सक्दैन ।’

आँचलले अगाडि भनिन्–‘हामी फरक–फरक चलचित्रमा काम गरिरहेका छौ । यसको मत्तलब यो होइन कि, हामी टाढा छौ । हामी त कहिले एक अर्कासँग चलचित्र खेल्न पाउँछौ भनेर बसिरहेका छौ । तर, टिम र समय नमिलेको कारणले यो संभव भैरहेको छैन ।’

आँचलले पल र आफ्नो बिहे हुँदैन भनेर पनि आफूले ठोकुवा गर्न नसक्ने बताइन् । तर, बिहे नै हुन्छ भनेर पनि भन्न नसक्ने उनको तर्क छ । उनले आफुहरु यस्ता कुराले आकर्षित नभएको पनि खुलाइन् । आँचलले अगाडि भनिन्–‘आँप’ जोडी दर्शकले हाम्रो कामलाई मन पराएर राखिदिनुभएको हो । जे सुकै होस्, तर यो जोडी रहन्छ ।’ आँचलले आफूहरु प्रेममा नरहेको पनि स्पष्ट पारिन् ।

वैशाख २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को प्रमोशनमा कुदिरहेकी आँचल यो चलचित्रबाट पनि आफू निकै नै आशावादी रहेको बताउँछिन् । यो चलचित्रमा उनले नायक पुष्प खड्काको जोडीको रुपमा काम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment