+
+
Shares

विष्णु पौडेललाई नेविसंघले पठायो ६५५ रुपैयाँ क्षतिपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १५ गते १४:०४

१५ वैशाख, बुटवल । बालुवाटारस्थित ललितानिवास जग्गा विवादमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलले क्षतिपूर्ति दिन नेविसंघले एक रुपैयाँ संकलन अभियान सुरु गरेको छ ।

जग्गा खरिद गर्दा पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाको भनाइलाई व्यंग्य गर्दै कांग्रेसको विद्यार्थी संगठनले रकम संकलन गरेको हो ।

नेकपा महासचिव विष्णु पौडेलले क्षतिपूर्ति दिन संकलन गरिएको रकम ।

नेविसंघ रुपन्देहीले संकलन गरेको ६५५ रुपैयाँ आइतबार इलाका प्रशासन कार्यालय बुटवलमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई पठाइएको केन्द्रीय सदस्य जमुना ढकालले बताइन् । सरकारी जग्गा ब्याक्तिको नाममा लैजानहरुलाई सरकारले बचाउन खोजेको भन्दै उनले भनिन्, ‘भ्रष्टलाई किन संरक्षण ?’

नेविसंघको क्षतिपूर्ति रकम बुझ्दै इलाका प्रशासन कार्यालय बुटवलका उपसचिव प्रकाशचन्द्र अधिकारीले जस्ताको तस्तै मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?