Comments Add Comment

‘भागवत गीता’मा अनमोल र सुहाना ?

तेश्रो हप्तामा चलचित्र ‘ए मेरो हजुर ३’को व्यापार सुखद छ । दुई हप्तासम्म आक्रामक व्यापार गरेको यो चलचित्रले नेपालबाट निर्मातालाई राम्रै नाफा दिइसकेको छ । विदेशको कमाई, डिजिटल राइट्स आदिले निर्माताले राम्रो रकम गोजीमा हाल्ने पक्का छ ।

यसैविच, यो चलचित्र सुपरहिट भएपछि नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडी फेरि पनि चलचित्रको पर्दामा आउनुपर्छ भन्ने माग पनि बढ्दो छ । यसैविच, नायक अनमोल केसीले नयाँ चलचित्र कुनमा काम गर्छन् भन्ने चर्चा र अनुमान पनि चलचित्र बजारमा चलिरहेको छ । यसैविच, नायिका झरना थापाको एउटा स्टाटसले भने अझै कौतुहलता बढाइदिएको छ ।

झरनाले गतबर्षदेखि नै ‘भागवत गीता’ नाममा चलचित्र बनाउने तयारी गरेकी थिइन् । तर, ‘ए मेरो हजुर २’ हिट भएपछि झरनालाई वितरकले नै यसको तेश्रो पाटो बनाउन दबाब दिएका थिए । जसकाकारण, ‘ए मेरो हजुर ३’ बनेको थियो ।
तर, अब भने झरना ‘भागवत गीता’ बनाउन कस्सिएकी छिन् । उनले सामाजिक संजालमा नायक अनमोल केसी, नायिका सुहाना थापा र आफ्नो तस्बिर शेयर गर्दै ‘मेरा भागवत र गीता’ भनेर लेखेकी छिन् । यसले पनि झरनाले यही चलचित्रमा अनमोल र सुहानालाई लिएर चलचित्र बनाउन लागेको वुझ्न सकिन्छ ।

वुझिएअनुसार, नायिका सुहाना थापाको जन्मदिनमा यो चलचित्रको घोषणा हुनेछ । चलचित्रका लागि अनमोल केसीसँग कुराकानी अगाडि बढेको छ । तर, अनमोलसँग संझौता भने भएको छैन । अनमोलले चलचित्रमा खेल्ने संभावना प्रवल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment