
१५ वैशाख, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा विवादबारे गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन् ।
यो जग्गाबारे भट्टराई प्रधानमन्त्री भएको बेला पनि निर्णय भएको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो । उक्त समाचार ट्वीट गर्दै भट्टराईले आफ्नो मन्त्रीमण्डलले पनि गलत निर्णय गरेको भन्ने समाचारबारे ध्यानाकष्कर्ष भएको बताएका छन् ।
उनले भनेका छन्, यसबारे गम्भीरतापूर्वक छानविन होस्, सत्यतथ्य बाहिर आओस् र जसले गरेको भए पनि गलत गर्नेलाई कारबाही होस् भन्ने आग्रह गर्छु ।’
उनले नखाएको विष लाग्दैन भनेमा ढुक्क छु भन्दै आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4