Comments Add Comment

सफलताका लागि स्किल, स्केल र स्पिडः विनोद चौधरी

हिनताबोध त्यागेर लक्ष्यमा जुट्न विद्यार्थीहरूलाई सुझाव

१५ वैशाख, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् । आईतबार त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयबाट विदाई हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न पनि उनीहरूलाई सुझाव दिए ।

‘आजको विश्व ३० बर्षभन्दा कम उमेरका युवाका लागि सबैभन्दा महत्वपूर्ण रहेको छ । सूचना प्रविधिका क्षेत्रमा जति पनि उपलब्धी हासिल भएका छन् सबै यहि उमेरका युवाहरुको देन छ’ अध्यक्ष चौधरीले भने,’यो हलमा रहनु भएका विद्यार्थीहरूका लागि यस्ता प्रशस्त अवसर छन् ।’

सफलताका लागि थि्र एस अर्थात स्किल, स्केल र स्पिडको आवश्यकता पर्ने शुत्रहिँदै अध्यक्ष चौधरीले भने,’तपाईँहरूको विश्वविद्यालयको अध्ययन त्यहि स्किल हासिल गर्नका लागि हुनुपर्छ । यहाँ प्राप्त गरेको स्किललाई वृहत स्केलमा कार्यानवयनमा ल्याउन सक्दा मात्रै सफल हुन सकिन्छ । ‘आजको दुनियाँ रफ्तारमा दौडिरहेको छ । तपाईँको स्पिडमा दुनियाँ हिड्ने छैन त्यसैले तपाईँले दुनियाँको स्पिडमा हिड्न सक्नुपर्छ’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘त्यसका लागि हिनताबोध र कन्फ्युजन त्याग्नुपर्छ ।’

विश्वका नाम चलेका विश्वविद्यालयमा पढ्दैमा मात्रै सफल भईने सोंच सहि नभएको बताउँदै उनेले भने, ‘मैले पनि त्रिभूवन विश्वविद्यालय मातहतकै क्याम्पसमा अध्ययन गरेको हुँ । यदि त्यस्तो हुन्थ्यो भने म अर्बपति बन्न सम्भव थिएन ।’

युक्रेनी युवा जोम कोउमले ह्वाट्सएपमार्फत् प्राप्त गरेको सफलताको उदाहरण प्रस्तुत गर्दै उनले  भने,’ त्रभूवन विश्वविद्यालयका विद्यार्थीहरूले पनि दुनियाँ हल्लाउने आविष्कार गर्न सक्छन् । त्यसका लागि सपना देख्नु र सपनालाई पछ्याउनु भने अनिवार्य छ ।’

उनले थपे, ‘प्रमाणपत्र एउटा गोरेटोबाट नयाँ राजमार्गलाई जोड्ने पुल अवश्य पनि हो । तर, यो आफैमा सफल जीवनको पर्याय भने होइन । जसले जति राम्रो अंक ल्याएर डिगि्र प्राप्त गर्नु भएको छ तपाईँले त्यति नै धेरै मेहनत गरेर आफूलाई आफैले प्रमाणित गर्न पनि बाँकी छ ।’

अध्यक्ष चौधरीले नेपाली युवाका तीनवटा सफलताका स्टोरी पाइला टेक्नोलोजी, फुडमारियो र नेपाली धोवीको बारेमा जानकारी दिँदै यस्तै श्रृजनशील अवधारणाले नेपाली युवाहरूले सफलता हासिल गर्ने बताए ।

उनले विश्वमा ३० वर्षभन्दा कम उमेरमा अर्बपछि क्लवमा नाम लेखाउन विश्वकै कान्छी अर्बपछि केली जेनर, गुगलका सह सस्थापक सर्गेयी ब्रेन, स्ट्राईपका सस्थापक प्याटि्रक कोलिसन, स्न्यापच्याटका सह-सस्थापक बबी र फेसबुकका सस्थापक मार्क जुकरवर्गको सफलताको कथा सुनाउँदै एउटा श्रृजनशिल सोंचको कार्यान्वयनबाट संसारको दिशा बदलिने अवस्था रहेको बताए ।

उने आर्टिफिसियल इन्टिलिजेन्सले विश्व हाँक्ने अवस्था आएको छ जसका कारण विश्वमा उच्च दरमा रोजगारी कटौती हुने अवस्था आएको सुनाए ।

‘पाईटलविहिन लडाकू विमान, ड्राइभरविहिन गाडी र रोवोटले काम गर्ने वातावरण तयार भएको छ । विश्वमा आएका यि परिवर्तनको प्रभाव नेपालमा पनि पर्नेछ’ चौधरीले भने,े- हामीले पनि एक स्टेप अगाडिका बारेमा सोच्ने समय आइसकेको छ ।’

नेपाली राजनीतिमा पी२ अर्थात् प्रो पब्लिक पोलिटिक्स र जी २ अर्थात् गूड गभर्नेन्स आवश्यक रहेको बताउँदै चौधरीले त्रिभूवन विश्वविद्यालयले देशलाई प्रधानमन्त्री, मन्त्री र कर्मचारीतन्त्र दिएको र अब पी२ र जी२ कार्यान्वयन गर्ने राजनीतिज्ञ पनि यसै विश्वविद्यालयको हुने विश्वास व्यक्त गरे ।

उनले विश्वब्यापी ब्राण्ड बनेका वाईवाई, सीजी हस्पिटालिटीको सफलताको कथा पनि विद्यार्थीसँग सेयर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment