+
+
Shares

एनआईसी एशियाद्वारा ८ नयाँ शाखा बिस्तार

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १५ गते २१:४०

१५ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंकले आठ नयाँ शाखा बिस्तार गरेको छ। बैंकले काठमाडौं उपत्यकामा तीन, नुवाकोटमा दुई, काभ्रेमा एक, पोखरामा एक, र पर्सामा एक स्थानमा आफ्नो शाखा खोलेको हो।  पोखराको अमरसिंह चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डिल्लीराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले गरेका थिए।

त्यस्तै, नार्गजुन स्थित सितापाईला शाखाको नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेत, शंखमुल शाखाको सोही वडाका वडा अध्यक्ष नारायणप्रसाद भण्डारी, भैसेपाटी शाखाको सोही वडाका वडा अध्यक्ष पुरोषोतम खड्का, त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डित बेत्रावती बजार शाखाको साही वडाका वडा अध्यक्ष गणेशकुमार नेपाल, धुलिखेल शाखाको उक्त नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु, पर्साको भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारले उद्घाटन गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?