+
+
Shares

कमजोर टिमसँग पनि हार्‍यो रियल मड्रिड

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १६ गते ६:४३

१६ वैशाख, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड रायो भ्यालेकानोसँग पनि पराजित भएको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिड कमजोर टिम भ्यालेकानोसँग उसैको मैदानमा १-० गोलअन्तरले पराजित भएको हो । भ्यालेकानोको जितमा एड्रियन इमबर्बाले गोल गरे ।

खेलको २३औं मिनेटमा नै भ्यालेकानोले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै इमबर्बाले गोल गरेका हुन् । पहिलो हाफमा १-० गोलले पछि परेको रियल मडि्रडले दोस्रो हाफमा गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

हारसँगै लिगको तेस्रो स्थानमा रहेको रियल मडि्रडको ३५ खेलबाट ६५ अंक छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले यसअघि नै उपाधि जितिसकेको छ । बार्सिलोनाको ३५ खेलबाट ८३ अंक छ । त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ७४ अंक छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?