+
+

गुराँस लघुवित्तको आईपीओे खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १६ गते १५:०६

१६ वैशाख, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले सोमबारबाट २ लाख ५० हजार कित्ता आईपीओ बिक्री सुरु गरेको छ । लघुवित्तले निष्काशन आईपीओ मध्ये कम्पनीका कर्मचारीका लागि ३ हजार ८७५ कित्ता तथा १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाइएको छ ।

बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याइएको हो । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईपिएल एस क्यापिटल रहेको छ ।

आईपीओेमा मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत आवेदन गर्न सकिन्छ । लगानीकर्ताले आइपीओमा न्युनतम १० कित्ता देखि अधिकतम ५०० कित्ता सम्म आबेदन गर्न सकिन्छ । लघुवित्तको आईपीओे सोमबार देखि छिटोमा बैशाख २० गते र ढिलोमा जेठ १४ गते सम्म आबेदन गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?