Comments Add Comment

फुटपाथको ब्यापारविरुद्ध ललितपुर, थप नगर प्रहरी भर्ना गर्दै

१६ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथमा हुने ब्यापार नियन्त्रणका लागि प्रयास थालेको छ । काठमाडौं महनगरपालिभित्र फूटपाथमा ब्यापार मौलाइरहँदा ललितपुर महानगरपालिका र स्थानीय जनता नै फुटपाथमा हुने व्यवसायका विरुद्ध उभिएका छन् ।

स्थानीय टोल सुधार समितिहरुले नै मंगलबजारदेखि लगनखेलसम्म फुटपाथमा पसल गर्न नदिने भन्दै अभियान नै सुरु गरेका छन् । केही दिनअघि स्थानीयहरु नै सडकमा उत्रिएर फुटपाथका अनाधिकृत ब्यापारीलाई हटाएका थिए ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन स्थानीय टोल सुधार समितिहरु नै फुटपाथ नियन्त्रणमा अग्रसर भएको बताउँछन् । त्यसे गर्दा फूटपाथमा हुने ब्यापार नियन्त्रण प्रभावकारी बनाउन सकिने अवस्था आएको महानगरको ठम्याइ छ ।

‘फुटपाथको ब्यापारले यात्रु र स्थानीयलाई धेरै सास्ती भएको छ, त्यसलाई हटाउन हामीले पनि सघाएका छौं,’ महर्जनले भने,’फूटपाथको ब्यापारीलाई सँधै त्यहाँ बस्ने र व्यवसाय चलाउन दिने गर्न सकिन्न ।’

महानगरभित्र फुटपाथको ब्यापार नियन्त्रण गर्न चुनौती छ । तर पनि प्रयास भने नछाड्ने प्रवक्ता महर्जन बताउँछन् ।

नगर प्रहरी थप्दै 

उनले फुटपाथ व्यवस्था र सहरी सुव्यवस्था कामय गर्नका लागि महानगरसाग पर्याप्त नगर प्ररही नरहेको बताए । त्यसैले तत्कालै ५० जना प्रहरी भर्ति गर्ने गरी प्रक्रिया अघि बढेको उनले बताए ।

नगरसभाले नयाँ नगरप्रहरी भर्ना गर्ने प्रस्ताव पास गरिसकेको छ । अब केही दिनमै नगर प्रहरी भर्तिका लागि विज्ञापन प्रकाशित गर्ने योजनामा महानगरपालिका छ ।

‘हामीलाई मुख्य रुपमा फुटपाथ अतिक्रमण र अनाधिकृत संरचनाहरु हटाउन पर्याप्त नगर प्रहरी नहुँदा धेरै समस्या छ,’ प्रवक्ता महर्जनले भने ।

हाल ललितपुर महानगरपालिकासँग २३ जना मात्रै नगर प्रहरी छन् । अब नगर प्रहरी थपेर नगरभित्रको फुटपाथ र पार्किङ व्यवस्थापनमा नमूना ढंगबाट काम गर्ने योजना रहेको महर्जन बताउँछन् ।


महानगरपालिकाले फुटपाथबाट लखेटिएकाहरुका लागि कुनै विकल्प पनि दिन नसकिने बताएको छ । केही वर्षअघि खुलामञ्चमा लाग्ने बजारलाई सरकारले हटाएको थियो । त्यसपछि फुटपाथमा हुने ब्यापार काठमाडौं उपत्यकाको कुना-कुनामा फैलिएको थियो ।

शहरी निम्न मध्यम वर्गीय परिवारमाझ फुटपाथ बजार लोकप्रिय छ । सस्तोमा समान पाइने भएकाले पनि फुटपाथमा समान किन्ने जमात ठूलो छ, काठमाडौंमा ।

तर, गैरकानुनी र अनौपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने किसिमको बजार भएकाले यसलाई बचाएर नराख्ने नीति महानगरुपालिकाले लिएको हो । यस्तै पैदलयात्रुलाई पनि सडकमै ओर्लिएर हिँड्नपर्ने बाध्यताका कारण पनि यस विरुद्ध ललितपुरले अभियान थालेको हो । फुटपाथका कारण पर्यटकसमेत हैरान छन् ।

जनवीविकासँग जोडिएको सवाल भएकाले महानगरपालिकालाई फुटपाथको ब्यापार हटाउन सजिलो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment