+
+
Shares

प्रधानमन्त्रीको सन्देश : विप्लवमाथिको प्रतिबन्ध हट्दैन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १७ गते १५:११

१७ वैशाख, काठमाडौं । नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रष्ट पारेका छन् । प्रमुख विपक्षी सहितका दलहरुले वार्ता र सम्वादबाट समाधान खोज्नुपर्ने बताए पनि प्रधानमन्त्री ओलीले भने प्रतिबन्ध फिर्ता लिने सम्भावना नरहेको बताए ।

मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सत्तारुण् नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने बताए । प्रतिबन्ध भन्ने शब्द उल्लेख नगरी उनले भने, ‘कतिपयले फिर्ता लिनुपर्छ भनिरहेका छन् । बम पड्काउन पाइन्न भन्ने पनि फिर्ता लिने ? यो हुँदैन ।’

विप्लव समूहले हतियार बुझाए सहज हुने उनले बताए । नभए सरकारले नियन्त्रण गर्ने प्रष्ट पारे ।

सरकारले विप्लव समूहमाथि २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहमा संलग्न भएको आरोपमा थुप्रै नेता कार्यकर्ता पक्राउ परे पनि केही भने छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?