Comments Add Comment

पहिचानको खोजी गर्दै ‘लयात्मक अस्तित्व’ चित्रकला प्रदर्शनी

वर्ण विभेदको अन्त्य हुने विश्वास

१७ वैशाख, वीरगञ्ज ।

आक्रोश, पीडा
उकुसमुकुस, छटपटाहट, याद
मौनता, खोज, सिर्जनशीलता, उत्खनन्
निरन्तर यात्रा…

वीरगञ्जमा चलेको ‘लयात्मक अस्तित्व’ चित्रकला प्रदर्शनीमा राखिएका चित्रहरु हेरिसकेपछि उषा तितिक्षुले यस्तै  प्रतिक्रिया दिइन् । चित्रहरुको प्रदर्शन वीरगञ्जको राणीसति अतिथि सदनमा भइरहेको छ ।

सप्तरी हनुमाननगर घर भइ काठमाडौं बस्दै आएका हरिओम मेहताले कपडामा कोरिएका चित्र प्रदर्शन गरेका हुन् । तीन दिनदेखि प्रदर्शन चलिरहेको छ । तराई मधेसका विभिन्न ठाउँको इतिहास र अहिलेको वास्तविकता झल्कने २९ वटा चित्र प्रदर्शनीमा राखिएको छ ।

यो प्रदर्शनीले वर्ण विभेद अन्त्य गर्नका लागि प्रदर्शन गरिएको मेहताको भनाइ छ । र, प्रदर्शनी उनकै कथासँग जोडिएको छ । उनी ११ वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् । ०६५ सालमा पहिलो पटक उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौं गएका थिए ।

काला वर्णका मेहतालाई काठमाडौंमा भेटिनेहरुले सोध्थे- तिमि इण्डियन हो ? उनी जवाफ दिन्थे – म नेपाली नै हो । तर, उनको जवाफले मान्छेहरुले चित्त बुझाउँदैन्थे । कतिपयले त अर्काे प्रश्न गर्थे, ‘ खै नेपाली भए नागरिकता देखाउ त ?’

धेरै पटक उनले यस्ता प्रश्नको सामना गर्नु पर्थ्यो । त्यो कुराले मलाई सँधै पोल्थ्यो । उनी भन्छन्, ‘त्यसपछि मैले अठोट गरें, अब बनाउने चित्र त्यो मेरो भूगोल, त्यहाँको इतिहास, संस्कृति र सभ्यतासँग जोडिएको हुनुपर्छ । जन्मेको ठाउँ वरपरको इतिहासलाई खोतल्न थाले । त्यही चित्र प्रदर्शन गर्दै आइरहेको छु । ‘

उनले वीरगञ्ज भन्दा अघि काठमाडौं, जनकपुर र बिराटनगरमा चित्रकला प्रदर्शन गरेका छन् । ‘वीरगञ्जको प्रदर्शनी आज सकिन्छ । त्यसपछि काठमाडौं र्फकन्छु,’ उनले भने, ‘प्रदर्शनीपछि केही मानिसहरुले चित्र खरिद गर्ने आश्वासन पनि दिएका छन् ।’

‘लयात्मक अस्तित्व’ नै किन ?

उनले संस्कृतिको वरपर रहेर अध्ययन गर्न थाले । समाजको सिम्रौनगढको इतिहास खोतल्न थाले । १०९७ देखि १३२६ सम्म मुगल सम्राटको साम्राज्य रहेको इतिहास भेटियो ।

धनुषाको मुखियापट्टीमा २५ सय वर्ष अगाडिको इतिहास रहेको पाए । त्यहाँ महाभारतकालीन पूर्ण टेराकोटाको मूर्ति फेला परेको रहेछ । बौद्धकाल भन्दा अघि त्यहाँ मिथिलाको राजधानी रहेको दावी इतिहासविद् गर्छन् ।

सिम्रौनगढ राज्य रहँदा सर्लाहीको मूर्तिया उपराज्य, सप्तरीको कनकपट्टी बि.स. ३२० देखि ५ सयसम्ममा विभिन्न बस्तुहरु फेला परेका छन् ।

सिराहाको खप्टेडाँडा १० हजार वर्षअघिका भाला फेला ठाउँ हो । यसरी १० हजार वर्षअघि २५ सय वर्ष हुँदै ८/९ वर्ष पुराना इतिहासहरु एकपछि अर्को एक अर्कासँग क्रमबद्ध रुपमा जोडिएर आइरहेका छन् । त्यसैलाई आफूले लयात्मक भनेको मेहताले बताए ।

उनले थपे, ‘यी ठाउँको वर्तमान अवस्था के छ त ? समाज र परिभेषको अस्तित्व के छ त त्यो पनि चित्रमा देखाउन खोजिएको छ । त्यसैले लयात्मक अस्तित्व भनेर नाम दिएको हुँ ।’

मधेस आन्दोलन, शक्तिको दुरुपयोग, भारतले सीमा क्षेत्रमा बाँध बाँधेका कारण नेपालमा पर्ने असरलगायतका कुरालाई चित्रमा उतारिएको उनको भनाइ छ ।

‘विदेहको राज, समृद्ध राज, जानकीको जन्मभूमि, शिक्षित भूमि, सुखी भूमि, समृद्ध र सम्पन्न भूमि भनिन्थ्यो,’ चित्रकार मेहताले भने, ‘तर, अहिले यो ठाउँ र यहाँका मानिसको अवस्था कस्तो छ त ? भन्ने कुरा पनि चित्रमा देखाउन खोजेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment