Comments Add Comment

समाजकल्याणको निर्णयविरुद्ध टुकुचा तरकारी बजार अदालतमा

बैशाख १७, काठमाडौं । तरकारी बजार सञ्चालनका लागि गरिएको २५ बर्षे करार सम्झौता खारेजीबिरुद्ध टुकुचा तरकारी बजारले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

समाज कल्याण परिषद हरिहर भवन र समाज कल्याण परिषदको अनियमितताबारे छानबिन गर्न गठित मोहनरमण भट्टराई नेतृत्वको आयोगलाई विपक्षी बनाएर मंगलबार मुद्धा दायर गरिएको हो ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले मुद्धा दायर गरेको हरित कृषि सहकारीका कार्यकारी प्रमुख कोमल चन्द्र बरालले जानकारी दिए । सरकारी जग्गा दर्ता तथा भाडामा दिने कार्यविधिलाई उद्वृत गर्दै दायर रिट निवेदनमा परिषदले एकतर्फीरुपमा परिषदले सम्झौता रद्द नसक्ने उल्लेख गरिएको छ ।

परिषदले २०७४ असोज १ गते आफ्नो स्वामित्वको ८ रोपनी जग्गामा २५ वर्षसम्म तरकारी बजार सञ्चालन गर्न दिन हरित कृषि सहकारीसंग करार सम्झौता गरेको थियो ।

सरकारद्वारा गठित पूर्व न्यायधिश मोहनरमण भट्टराई नेतृत्वको समाज कल्याण परिषदको अनियमितता छानबिन आयोगले टुकुचासहित भृकुटीमण्डपको ३ स्थानमा गरिएको करार बिद्यमान करार कानुन र सार्वजनिक खरिद ऐन बिपरित भएको जनाएको थियो ।

छानबिन समितिको प्रतिवेदनलाई टेकेर हरित कृषि सहकारी, काठमाडौं फनपार्क र ल्यम्ह पोचः संगको करार परिषदले खारेज गरेको थियो ।

यो पनि पढ्नुहोस फनपार्कलाई भृकुटीमण्डप छोड्न परिषदको पत्र यो पनि पढ्नुहोस टुकुचाको तरकारी बजारलाई लिएर नेकपाभित्र लफडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment