Comments Add Comment

पत्रकारको छोरी अपहरणमा संलग्नलाई कारबाहीको माग

जिल्ला प्रशासनद्वारा छानबिन समितिथ गठन

१७ वैशाख, बुटवल । पत्रकार विन्दुकुमार चौहानको छोरीको अपहरणमा संलग्नलाई कारवाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ ।

महासंघका अध्यक्ष यानेन्द्र जिसी र प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले प्रमुख जिल्ला अधिकारी उदयराज रानालाई ज्ञापनपत्र बुझाएका हुन् ।

समाचार लेखेकै आधारमा पत्रकार र पत्रकारका परिवारलाई धम्की र अपहरण हुनु दुखद भएको महासंघका अध्यक्ष जिसीले बताए ।

पत्रकार विन्दु चौहानले गोरु तस्करीको समाचार लेखेपछि निरन्तर आफुलाई दबाब दिने फोनहरु आएको बताए । अपाङ्ता भएकी छोरीलाई अपहरण अघि आफुमाथि पनि आक्रमण भएको उनले दुखेसो गरे । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रानाले शंकाको आधारमा घटनाका केही ब्यक्ति पक्राउ परेको भन्दै थप अनुसन्धान जारी रहेको बताए ।

शक्ति केन्द्रबाट घटना दबाउन कुनै किसिमको दबाब नआएको स्पष्ट पार्दै उनले गोरु तस्करीमा प्रहरी प्रशासनका ब्यक्तिको संलग्नता भए कारवाही हुने बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख ह्रदय थापाले अनुसन्धान चलिरहेको भन्दै छिट्टै घटनाको सत्यतथ्य सार्वजनिक गरिने बताए ।

अपहरण मुद्दा दर्ता भएर संकास्पद ब्यक्तिहरुलाई छानबिन गरेको उनले बताए । किटानी जाहेरी चलाएर कारवाही अघि बढाउने उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले घटनाको विषयमा सत्य तथ्य बाहिर ल्याउन भन्दै पांच सदस्य छानबिन समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे, जिल्ला प्रहरी कार्यालयका कमल बेल्बासे, राष्ट्रिय अनुसन्धान अधिकृत दिनेश पोखरेल, स्थानिय पत्रकार विरेन्द्र मिश्रसहितको समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment