१८ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा आयाक्सले सनसनीपूर्ण जित निकालेको छ ।
मंगलबार भएको खेलमा नेदरल्यान्ड्सको आयाक्सले उसैको घरेलु मैदानमा इंग्लिस क्लब टोटनहृयामलाई १-० गोलअन्तरले पराजित गरेको हो । आयाक्सको जितमा भान डि विक नायक बने । उनकै गोलमा आयाक्सले सेमिफाइनलको पहिलो लेगमा टोटनहृयामलाई पराजित गरेको हो ।
विकले खेलको १५औं मिनेटमा गोल गर्दै आयाक्सलाई अग्रता दिलाए । पहिलो हाफमै अग्रता बनाएको आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।
क्वाटरफाइनलमा क्रिष्टियानो रोनाल्डो रहेको इटालियन टिम युभेन्टसलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको आयाक्सले सेमिफाइनलको पहिलो लेगमा पनि दमदार प्रदर्शन गरेको हो । अब दोस्रो लेगमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सके आयाक्स च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्नेछ ।
प्रतिक्रिया 4