Comments Add Comment

गुल्मीमा सडकमै सवारी चालकको स्वास्थ्य जाँच

१८ वैशाख, गुल्मी । बढ्दै गरेको सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले गुल्मीमा सडकमै चालकको स्वास्थ्य जाँच गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरणको लागि एक हप्ते कार्यक्रम अन्तर्गत बिभिन्न सवारी चालक र सहचालकको सडकमै स्वास्थ्य शिबिर राखेर निःशुल्क रुपमा स्वास्थ्य जाँच गरेको हो ।

बुधबार सदरमुकाम तम्घासको बसपार्कमा जिल्ला अस्पतालका बिशेषज्ञ डाक्टरसहित सडकमै स्वास्थ्य शिबिर राखेर झण्डै ६० भन्दा बढी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक नारायण खनालले बताए ।

दुर्घटना न्यूनिकरणमा चाललको स्वास्थ्य पनि महत्वपूण रहेकाले उनीहरुको शारीरिक, मानसिक जाँच गरेर औषधि पनि बितरण गरिएकोे खनालले बताए ।

जाँचका क्रममा कतिपयको ‘ब्लड प्रेसर हाइ’ भएको पाइएको र उनीहरुलाई निरन्तर औषधि सेवन गरेर मानसिक तनाव नलिइ सवारीसाधन चलाउन सुझाव दिइएको खनालले बताए ।

दुर्घटना न्युनिकरण सम्बन्धमा ‘ठाउँको ठाउँ सुधार’ भन्ने अभियानका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयले गुल्मीले दुर्घटना न्यूनिकरणको लागि एक हप्ते जनचेतनामूलक कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम अन्र्तगत चरणबद्ध कार्यक्रमहरु गर्दै आएको छ । ट्राफिक नियम जानकारी नहुँदा दुर्घटना बढ्दै गएको भन्दै प्रहरीले अभियानलाई प्रभावकारी बनाउन बिभिन्न तरिकाहरुबाट कार्यक्रमहरु सञ्चालन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक खनालले बताए ।

साताव्यापी कार्यक्रममा चालक सहचालक तथा सवारी धनीहरु, यात्रुहरु र स्थानीयहरुलाई समेत राखेर ट्राफिक नियम, यात्रा गर्दा अपनाउनु पर्ने सावधानी जस्ता बिषयहरुमा पूर्ण रुपमा ट्राफिक नियमको परिपालना गराउने खनालले बताए ।

दुर्घटना न्यूनिकरण गर्न चालक देखि यात्रुहरु पनि जिम्मेवार बने दुर्घटना रोक्नका लागि मद्दत पुग्ने जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीबाट छुटने सवारीसाधनलाई टाइम कार्ड पनि लागू गरिएको छ । तम्घासबाट बुटवल, काठमाडौं छुटने सवारीसाधनलाई तम्घासबाट रिडीसम्मको लागि टाइम कार्ड लागू गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment