 
																			१८ वैशाख, काठमाडाैं । नेपाली कांग्रेसले घोषणा गरेको जागरण अभियानमा महिलाहरुको प्रतिनिधित्व ३३ प्रतिशत बढी पुर्याउन महिला नेतृहरुले नेतृत्वलाई दबाब दिएका छन् ।
महासमिति सदस्य नीमा गिरीको नेतृत्वमा पार्टीका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउँदै जागरण अभियानका क्रममा ‘आसन र भाषण’ साथै अन्य महत्वपूर्ण कामहरुमा महिलाहरुको प्रतिनिधित्व बढाउन माग गरेका हुन् ।
जागरण अभियानमा महिला प्रतिनिधित्व बढाउन आग्रह गर्दै सभापति शेरबहादुर देउवा, महामत्री डा. सशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, प्रबक्ता विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र बुझाइसकेका छन् ।
जागरण अभियानमा आसनमा महिला भाषणमा महिला, कर्ममा महिला हुनुपर्ने साथै कार्यक्रमलाई समाबेसी बनाइनुपर्ने उनीहरुको माग छ ।
यसै सिलसिलामा बुधबार युवा छात्रा काङ्ग्रेस महिलाहरुले नेपाली काङ्ग्रेस उपसभापति बिमलेन्द्र निधिलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
ध्यानाकर्षण पत्र बुझ्दै निधिले युवा महिला यसरी सचेत हुँदै ध्यानाकर्षणमा आउनु नै जागरण अभियानको पहिलो सफलता हो भन्दै काङ्ग्रेस आफ्नो बिधानमा संविधान अनुसार नै समाबेसी भएको भन्दै ज्ञापनपत्र स्थलबाटै पार्टी प्रबक्ता लाई फोन गरी तुरुन्त जागरण कार्यक्रममा महिलाको निणायक भूमिका रहने गरी परिपत्र गराइ कार्यान्वयनमा जोड दिए ।
अभियानको नेतृत्व गरिरहेकी महासमिति सदस्य गिरीले अभियानमा सिमित वक्तालाई मात्र स्थान दिएर कार्यक्रम बनाइनुले महिलाको प्रतिनिधित्वलाई खुम्च्याइएको बताइन । पार्टीको विधानमै ब्यवस्था भएको महिला प्रतिनिधित्वलाई कार्यान्वयन नहुनु दूर्भाग्यपूर्ण भएकाले नेतृत्वलाई ध्यानाकर्षण गराएको उनले बताइन ।
ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाली काग्रेस जस्तो पार्टीले सार्वजनिक कार्यक्रम गर्दा नेपालको संविधान र आफ्नो विधानले गरेको मार्गदर्शनलाई पनि नजर अन्दाज गर्न मिल्दैन ।
कार्यक्रममा सभापति र प्रमुख अतिथि, विशेष वक्ता मात्रै रहने र स्वागत र विषय प्रवेश मात्र हुने प्रारुप बनाउँदै गर्दा परिणाममा यो जागरण अभियानमा महिला समुदायको प्रतिनिधित्व अत्यन्तै न्युन अर्थात शून्य प्राय हुने अबस्था रहन्छ ।’
ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘जागरण अभियानका प्रत्येक कार्यक्रमहरूमा अनिवार्य रुपमा महिलाको नेतृत्वदायी भूमिका रहने गरी कार्यक्रमको प्रारुप संसोधन गर्नुपर्छ ।’
ज्ञापनपत्र बुझाउने अभियानलाई साथ दिइरहेका नेवि संघका निबर्तमान केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौंडेलले ज्ञापन पत्र बुझेका सबै नेताहरुले सकरात्मक प्रतिक्रिया दिंदै महिला प्रतिनिधित्व बढाउने आश्वासन दिएको जानकारी दिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4