+
+
Shares

७१ किलो गाँजाका मालिकलाई प्रहरीले समात्यो

राजन दाहाल राजन दाहाल
२०७६ वैशाख १८ गते १५:४५

१८ वैशाख, हेटौंडा । प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सधैं भरिया मात्रै समातेर आलोचना खेपिरहेको प्रहरीले यो अपरेशनमा मालिकलाई पनि समातेको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले ७१ किलो गाँजासहित मालिक रौतहटको चन्द्रपुरका २६ वर्षीय गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाललाई पक्राउ गरेको हो ।

मकवानपुरका एसपी मुकेशकुमार सिंहका अनुसार हेटौंडाको नारायणगढ सडकखण्डस्थित लेवटबाट एक लाखमा खरिद गरेर यादवले लैजाँदै थिए । उनले विक्रीका लागि लगेको बयान दिएको प्रहरीको भनाइ छ ।

यादवले ना ५ ख ८१६४ नम्बरको ट्रकको क्याविन मुनि गाँजा लुकाएका थिए । उनको साथबाट ३० हजार रुपैयाँ नगद पनि बरामाद गरेको छ ।

प्रहरीका अनुसार कारोबारमा संलग्नलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार २ देखि १० वर्षसम्म कैद र १५ देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुई हुनसक्छ । त्यस्तै, ट्रक र नगद पनि जफत हुने प्रावधान रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?