
१८ वैशाख, नवलपरासी । पूर्वी र पश्चिम नवलपरासीको सिमाना पर्ने दाउन्ने बजारमा बुधबार साँझ बसमा आगलागी भएको छ ।
आगलागीबाट बस जलेर पूर्ण नष्ट भएको छ । नवलपुर प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।
भारतको दिल्लीबाट नेपालको काठमाडौं आउँदै गरेको युपी ६५ जि टी ००१ नम्बरको बसमा आगलागी भएको हो । इन्जिन तातेर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4