Comments Add Comment

प्रदेश २ को सुझाव आयोगले काम सक्यो, अब टुंगिएला प्रदेशको नाम र राजधानी ?

१९ वैशाख, जनकपुर । प्रदेश नम्बर २ को प्रदेशको नाम, राजधानी र भाषा टुंग्याउन गठित आयोगले काम सकेको छ । उसले आज प्रदेश सरकारलाई आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

६ महिना लामो अध्ययनपछि तयार पारिएको प्रतिवेदन प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतलाई बुझाउन लागिएको आयोगले जनाएको छ ।

प्रदेशको नाम , राजधानी र भाषा टुंगो लगाउन गत कात्तिक १२ गते प्रदेश २ मन्त्रिपरिषद् बैठकले डा.हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो । आयोगले ६ महिनापछि सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।

आयोगलाई गठन भएकै बेलादेखि प्रदेश २ को आठवटै जिल्लाबाट राजनीतिक दल, नागरिक समाज, संघसंस्था तथा बढी भन्दा बढी व्यक्तिसंग सल्लाह र सुझाव संकलन गरी ४५ दिनभित्र प्रतिवेदन प्रदेश सरकारलाई बुझाउन भनेको थियो । ४५ दिनमा काम नसकिएपछि आयोगले थपिएको समयमा तोकिएको काम सकाएर प्रतिवेदन बुझाउन लागेको हो ।

सरकार गठन भएको लामो समयसम्म प्रदेशको नाम र राजधानी नट्युंग्याउँदा प्रदेश सरकारको चर्को आलोचना हुँदै आएको छ । हाल प्रदेश सरकारको अस्थायी मुकाम जनकपुरधामस्थित जनकपुर चुरोट कारखानाभित्र रहेको छ । प्रदेश २ सरकारले उक्त स्थानलाई मधेश भवन नामाकरण गरेको छ ।

आयोगले प्रतिवेदन तयार गरेकाले प्रदेश नामांकन, राजधानीलगायत विषय निमटारा लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment