Comments Add Comment

‘उच्च आर्थिक वृद्धिबीच व्यापार घाटा र वाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक’

१९ वैशाख, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले दक्षिण एसियाको सम्बृद्धिको लागि आर्थिक अन्तर निर्भरता अत्यावश्यक रहेको बताएका छन् ।  एसियाली विकास वैंकको बाउन्नौ वोर्डस अफ गभर्नरको वाषिर्क बैठक अन्र्तगत आयोजित सार्क अर्थ मन्त्रीहरुको तेह्रौ बैठकको अध्यक्षता गर्दै खतिवडाले यस्तो धारण राखेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै उनले दक्षिण एसियाको आर्थिक विकास मार्फत जनताको कल्याण र सम्बृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तर निर्भरता अत्यावश्यक भएको उल्लेख गरे ।

दक्षिण एसिया विश्व आर्थिक बृद्धिको केन्ऽ भएको भन्दै उनले विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउदै गएको धारणा राखे । अन्तरदेशीय सडक सञ्जाल र अन्तर आवद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापार हिस्सा तीन गुणासम्म बढाउन सकिने संभावना भए पनि पाँच प्रतिशत भन्दा माथि पुग्न नसकेको भन्दै खतिवडाले चिन्ता व्यक्त गरे ।

सम्बोधनमा दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै खतिवडाले नेपालले ईतिहासमै लगातार तेस्रो बर्षसम्म ६ प्रतिशत भन्दा माथिको आर्थिक बृद्धि हासिल गरेको उल्लेख गरे ।

लगातार उच्च आर्थिक बृद्धिका बाबजुत ब्यापार घाटा र वाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको खतिवडाको भनाइ थियो । आगामी दिनमा उच्च आर्थिक बृद्धि र वाहय क्षेत्र सन्तुलनका वीचमा सामन्जस्यता कायम गर्न सरकारले ध्यान पुर्याउने उनले बैठकमा जानकारी गराए ।

विकास साझेदारलाई थप सहायता प्रदान गर्न आग्रह

बिहिबारै अर्थमन्त्री खतिवडाले एसियाली विकास बैंक, युरोपियन लगानी बैंक, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोष -ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफट्रेजरीका उच्च पदस्थ अधिकारीहरुसंग वेग्ला वेग्लै द्विपक्षीय छलपल गरे ।

उक्त छलफलमा अर्थ मन्त्री डा. खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न गरिएका कानुनी सुधार बारेमा जानकारी गराए ।

आर्थिक बृद्धिलाई निरन्तरता दिन, पूर्वाधार विकास, मौलिक हक तथा संघीयता कार्यान्वयन, भूकम्प पछिको पुर्ननिर्माण र दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल सरकारलाई ठूलो धन राशीको आवश्यक भएको खतिवडाले विकास साझेदारहरुलाई जानकारी गराए ।

नेपालमा थप सहायता प्रदान गर्न आव्हान गर्दै अर्थ मन्त्री खतिवडाले सरकार लोकतान्त्रिक, स्थिर र पारदर्शी भएको र सहायताको पूर्ण सदुपयोग हुने विश्वाश विकास साझेदारहरुलाई दिलाए ।

अर्थ मन्त्रीसंगको भेटमा नेपालको आर्थिक बृद्धि र नेपाल सरकारले शुरु गरेका सुधारका कार्यहरुप्रति उत्साहित हुँदै विकास साझेदार प्रतिनिधिहरुले नेपाललाई थप सहायता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment